नेपालगन्जमा भोलि कोरोनाविरुद्धको खोप लगाइने

बाँके । नेपालगन्ज उपमहानगरपालिकामा कोभिड-१९ (कोरोना भाइरस) विरुद्ध भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । भोलि मंगलबार नगरका २३ वटै स्वास्थ्य संस्थाबाट उक्त खोप लगाइने भएको हो ।

कोभिड-१९ रोगको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारको नीति तथा निर्णयअनुसार नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतका २३ वटै वडाका नागरिकलाई खोप दिइने जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार जेठ २६ गते पहिलो मात्रा लगाएका लक्षित समूहलाई मात्र खोप कार्डको आधारमा भेरोसेल खोप लगाइने छ । साथै खोपको दोस्रो मात्रा हाल एकिन नभएकाले यसपटक खोपको पहिलो मात्रा नलगाउन हुनसमेत अनुरोध गरिएको छ ।

सम्बन्धित