नेपाल पत्रकार महासंघ बाँके नमूना शाखाः कोषाध्यक्ष सेजुवाल

बाँके । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले आइतबार बाँके शाखाको अवलोकन गरेका छन् । नेपालगन्जस्थित बसपार्क सञ्चारग्राममा रहेको नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालय र नवनिर्मित भवनको उनले अवलोकन गरेका हुन् ।

अवलोकनपछि कोषाध्यक्ष सेजुवालले बाँके शाखा नमूना शाखा भएको प्रतिक्रिया दिए । अब व्यावसायिक पत्रकारितालाई जोड दिने गरी महासंघले कार्यक्रम ल्याउनु पर्ने उनको सुझाव छ । पत्रकार आचारसंहिता पानला गराउन आधारभूत पत्रकारिता तालिमदेखिनै महत्त्व दिनुपर्ने कोषाध्यक्ष सेजुवालको भनाइ छ । महासंघका जिल्ला अध्यक्ष दामोदर भण्डारीले शाखाले भएगरेरका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । आफू निवाचित भएपछि महासंघले लिएको गतिका विषयमा जानकारी गराउँदै उनले भने, ‘मर्यादित व्यावसायिक र खोज पत्रकारिताका लागि दक्ष र व्यावसायिक पत्रकार उत्पादन गर्न तालिम सञ्चालन गरिरहेको र आगामी दिनमा पत्रकारको व्यक्तित्व विकासका लागि तालिम सञ्चालन गर्दैछौं ।’ साथै अध्यक्ष भण्डारीले पत्रकारलाई आर्थिकरुपले बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको कोषाध्यक्ष सेजुवाललाई जानकारी गराएका थिए ।

कोषाध्यक्ष सेजुवालसँगै पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिहरसिंह राठोर, कालपृष्ठ दैनिकका प्रधानसम्पादक कमल खत्रीले महासंघको भवन अवलोकन गरेका थिए ।

सम्बन्धित