फेसबुकबाटः Remove_लुटेरा

राज्यकोषमाथि खुलेआम डाका डाल्ने शासक प्रशासकहरु, बहुराष्ट्रिय कम्पनीसँगको मिलेमतोमा गरिबको रगत पसिना चुस्ने प्रधानमन्त्री नेता र मन्त्रीहरु, जनताका सुन्दर सपनाको व्यापार र पासविक बलात्कार गर्ने बलात्कारीहरु सुशासनको नाममा भोको पेटको भोक शान्त पार्न चोरी चकारी गर्दै हिँडेको एउटा बुबुरो पाकेटमारलाई पक्राउ गरेर जेलमा कुहाउँछन् र कथित सुशासनको दुहाई दिन्छन् । मलाई लाग्छ लुटको सर्वोच्च सिंहासनमा बसेर देश लुट्ने कथित VVIP हरुभन्दा पेट पाल्नको निम्ति झिनो मसिनो बेइमानी गर्ने सडक छापहरुको नैतिक धरातल निकै अग्लो छ । यो देशमा सबैले काम गरेर खान पाउनुपर्छअर्थात पेटको भोक शान्त पार्नकै लागि कसैले पनि बाङ्गोटिङ्गो बाटो हिँड्नु नपरोस् । त्यसको लागि देशको ढुकुटीमाथि लुटपाट गर्ने लुटेराहरुलाई यथाशीघ्र लखेट्नुपर्ने बेला आइसकेको छ । #Remove_लुटेरा

@https://www.facebook.com/dammar.bista.3

सम्बन्धित