प्रेस स्वतन्त्रता कुण्डित गर्ने काम भयोः पत्रकार शिव लम्साल

सुर्खेत । नेपाल प्रेस युनियनका केन्द्रीय सल्लाहर शिव लम्सालले सरकारको निरंकुश शैलीको विरुद्ध पत्रकारहरु सडकमा आउन बाध्य भएको बताएका छन् । सुर्खेतमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले संविधानविपरीत संसद् विघटन गरेर लोकतन्त्रलाई खतरामा पुर्याएको बताएका हुन् ।

मिडियासम्बन्धी एकपछि अर्को विवादास्पद विधेयक ल्याएर पूर्ण प्रेस स्वतन्त्रता खोस्ने काम केपी ओली शर्मा नेतृत्वको सरकारले गरेको उनले दाबी गरे । पत्रकारलाई अंकुश लगाउने नभइ स्वतन्त्र भएर काम गर्ने व्यवस्था मिलाउनु पर्ने उनको भनाइ छ । अभिव्यक्ति स्वतन्त्रता कुण्डितले जनताको बोल्ने अधिकार हनन हुने उनले बताए । जनआन्दोलनमा पनि पत्रकारहरुले आफ्नो भूमिका देखाएका उनको भनाइ । प्रेस लोकतन्त्र र विधिको पक्षमा रहेको उनले बताए ।

सम्बन्धित