देउवाले केन्द्रीय समिति बैठक बोलाएपछि पौडेल पक्षको सभापति भेला रोकियो

काठमाडौं । नेपाली कांग्रेसमामा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षाले बोलाएको जिल्ला सभापति भेला स्थगित भएको छ । भेला स्थगित भएसँगै कांग्रेसमा देखिएको अन्तद्वन्द्व पनि तत्कालका लागि स्थगित भएको छ ।

सभापति देउवाले महाधिवेशन गर्न ध्यान नदिएको तथा राष्ट्रिय परिस्थितिमा पनि निर्णायक भूमिका खेल्न नसक्दा जनतामा कांग्रेसको छवि बिग्रिँदै गएको भन्दै पौडेल-सिटौला पक्षले यही फागुन छ ५ अर्थात् बुधबारका लागि जिल्ला सभापतिको भेला डाकेको थियो । तर, समसामयिक विषयमा निणर्यका लागि सभापति देउवाले ५ गते नै केन्द्रीय समिति बैठक डाकेपछि भेला स्थगित भएको हो ।

देश संकटमा रहेका बेला कांग्रेस भने विधानअनुसार महाधिवेशन गर्न नसकेर आफैं समस्यामा रहेको भन्दै पौडेल-सिटौला पक्षले परामर्शका लागि जिल्ला सभापति भेला आह्वान गरेको थियो । जिल्ला सभापति भेलाबाट आएको निष्कर्ष सभापतिलाई दिने र त्यसकै जगमा दबाब सिर्जना गर्ने रणनीति पौडेल-सिटौला पक्षको थियो । तर देउवाले ५ गते नै केन्द्रीय समिति बैठक डाकेपछि पौडेल-सिटौला पक्षले भेला रोकेको हो । ‘महाधिवेशन र राष्ट्रिय संकटका विषयमा पार्टी अनिणर्यको बन्दी बनेका कारण जिल्ला सभापति भेला डाकिएको थियो,’ भेला संयोजनको जिम्मेवारी सम्हालिरहेका कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भने, ‘यही केन्द्रीय समिति बैठकबाट पार्टीको महाधिवेशनका विषयमा रहेको अन्योल र राष्ट्रिय राजनीतिका विषयमा कांग्रेसको ठोस भूमिका तय गर्छ भनेर हामीलाई विश्वास छ ।

उनले केन्द्रीय समितिबाट पनि केही अन्योल भएमा भने तत्काल जिल्ला सभापतिको भेला हुने र त्यसबाट एउटा निष्कर्षमा पुग्ने बताए ।

सम्बन्धित