आमिरको चलचित्रमा साहरुख खान

नायक साहरुख खानले दुई वर्षदेखि चलचित्रमा काम गरेका छैनन् । साहरुखले यशराज ब्यानरको निर्माणमा बन्न लागेको चलचित्र ‘पठान’ मा काम गर्न लागेको चर्चा छ । तर, यसको आधिकारिक घोषणा भने भएको छैन ।

यसैबीच, साहरुखले दुईवटा चलचित्रमा केमियो भूमिका निर्वाहा गरिसकेका छन् । उनै, साहरुखको विशेष भूमिका नायक आमिर खानले काम गरिरहेको चलचित्र ‘लाल सिंह चड्डा’ मा रहने भारतीय मिडियाले उल्लेख गरेका छन् । आमिरको यो चलचित्रको छायांकन भइरहेको छ । कोरोनाका कारण यो चलचित्र यो वर्षको क्रिसमसमा रिलिज नहुने पक्का भइसकेको छ । यो चलचित्रको छायाङ्कन दिल्लीमा भइरहेको छ । साहरुख आफ्नो भूमिकाको छायाङ्कनका लागि दिल्ली जाने बताइएको छ । साहरुखको दृश्यलाई आमिर आफैँले निर्देशन गर्नेछन् ।

साहरुखले नायक सलमान खानको चलचित्र ‘ट्यूबलाइट’ मा पनि केमियो भूमिका निर्वाह गरेका थिए । बलिउडमा अहिले तीन खानको मित्रता बलियो बनिरहेको छ । सलमान खानले साहरुख खानले अभिनय गर्न लागेको चलचित्र ‘पठान’ मा विशेष भूमिका गर्ने बताइएको छ ।

सम्बन्धित