सल्यानका दुई सामुदायिक वनमा आगलागीः एक घर जल्यो, क्याम्पस उच्च जोखिममा

सल्यान । सल्यानका दुईवटा सामुदायिक वनमा भीषण आगलागी भएको छ । शारदा नगरपालिका-२ रहेको चन्द्रपाला सामुदायिक वन र सोही नगरपालिका-११ स्थित भुवनेश्वरी सामुदायिक वनमा आगलागी भएको हो ।

भुवनेश्वरी सामुदायिक वनमा लागेको आगोको झिल्का राम सिहं बुढाथोकी घरमा पर्दा उनको घरमा पनि आगलागी भएको छ । रामसिंहको तीन तले ६ कोठे कच्ची घर आगो लागि हुँदा अहिले प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

त्यस्तै चन्द्रपाला सामुदायिक वनमा एक्कासी आगोलागी भएको हुँदा खानेपानीको ट्यांकी, सल्यान क्याम्पस जोखिममा रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रण भइरहेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा आगो कसरी आगलागी भयो भन्ने विषयमा थप अनुसन्धान हुने प्रहरीको भनाइ छ ।

फाइल तस्विर

सम्बन्धित