सल्यानमा जिप र मोटरसाइकल ठोकिँदा एकजना घाइते

सल्यान । सल्यानमा जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको छ । कालीमाटीबाट खलंगातर्फ आउँदै गरेको भे१ज ९०९ नम्बरको जिप र विपरीत दिशाबाट आएको रा४प ३५१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक शारदा नगरपालिका-८ मार्केका छोटीलाल थापा घाइते भएका छन् । जिप चालक कालीमाटी गाउँपालिका-१ का सुन्दर परियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक थापालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

सम्बन्धित