सल्यानमा अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार अभियान

सल्यान । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै जाँदा सल्यानमा पनि युवाहरुले ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार रुपैयाँ अभियान’ सुरु गरेका छन् । कोभिडको जोखिम न्यूनीकरणमा जिम्मेवारी र उत्तरदायित्व बहन गर्न कोभिड-१९ सेल्फ हेल्प समूह बनाए उनीहरुले उक्त अभियान चलाएका हुन् ।

पत्रकार आशिष केसीसँगै हपिस भण्डारी, गोविन्द आभाष शर्मा र पत्रकार टेकराज शाहीले अभियान सुरु गरेका हुन् । अहिलेसम्म अभियानबाट करिब दुई लाख ५० हजार रुपैयाँ संकलन भएको अभियान्ता आशिष केसीले जानकारी दिए । ‘सहयोग संकलन हुँदैछ,’ उनले भने, ‘संकलित रकमबाट अक्सिजनसहितको सिलिन्डर बिरामीलाई उपलब्ध गराउँछौं ।’ सल्यानमा पनि पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नागरिकको उपचारमा सहयोग पुर्याउन अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार रुपैयाँ अभियान सुरु गरिएको अभियान्ताहरुको भनाइ छ । यो अभियानले कोरोना संक्रमितको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित