पूर्वमन्त्री केसीका २५ दिनमा २१ उपलब्धि

सुर्खेत । तत्कालीन सामाजिक विकासमन्त्री विमला केसीले २५ दिनमा भएका २१ उपलब्धि सार्वजनिक गरेकी छिन् । आर्थिक मामिला तथा योजना मन्त्रालयसँगै केसीलाई चैत २५ गतेदेखि सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

हाल उक्त मन्त्रालय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्हालेका छन् । मन्त्री केसीले सामाजिक विकास मन्त्री भएको २५ दिनमा गरिएका २१ उपलब्धि सामाजिक सञ्जालमार्फत गरेकी हुन् । कणर्ालीमा मन्त्री हेरफेर हुने क्रममा उनले दुवै मन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएकी छिन् ।

यस्तो छन् मन्त्री केसीले सार्वजनिक गरेका २१ उपलब्धि

२०७७/१२/२५ देखि २०७८/१/१८ गते सम्मको औपचारिक जिम्मेवारी लिने सन्दर्भमा ।

१, खेलकुद परिषद्को बैठक र सबै जिल्लाहरुमा खेलकुद विकास समिति गठन । सपथ र नियुक्ति पत्र,

२, २२ करोड बजेट प्रदेश अस्पतालमा उपलब्ध गराउने कार्य,

३, आठ करोड ८६ लाख बजेट, जिल्ला अस्पताल र रणनीतिक अस्पताललाई पठाउने कार्य,

४, छड्के निरीक्षण,

५, कर्मचारी बैठक,

६, महिला तथा समावेशी नीतिबारे दुईपटक छलफल अन्तरक्रिया,

७, उत्पीडित उपेक्षित वाला विधेयक क्याबिनेटबाट स्वीकृत,

८, दलित अधिकारबारे प्रादेशिक अन्तरक्रियामा सहभागी र सम्मानित,

९, कोभिड-१९ बाट मृत्यु हुनेको परिवारलाई एक लाख रूपैयाँ राहात दिने कार्यक्रमबारे क्याबिनेटमा प्रस्तावित पास,

१०, कोभिड-१९ को नियन्त्रण रोकथाम र उपचार तथा प्रतिकार्यका लागि दुईपटक स्वास्थ्य टीमसँग बैठक,

११, सहयोगी संस्था र स्वास्थ विभागको प्रमुखसँग मुख्यमन्त्रीसँगको बसाइँ,

१२, रणनीतिक हस्पिटलहरुमा कोभिड स्वास्थ्य बजेट पठाउने काम,

१३, निकै समयदेखि रोकिएको सल्ले अस्पताल रुकुम पश्चिम र जिल्ला अस्पताल डोल्पाको टेन्डरको सूचना प्रकाशित,

१४, शाहासिक खेल प्रदेशस्तरको प्रतियोगिता र्‍याफ्टिङ खेलको उद्घाटन,

१५, प्रदेश हस्पिटलको मुख्यमन्त्रीसहित अनुगमन,

१६, पत्रकार सम्मेलन कोभिडका बारे,

१७, मेहलकुना र रुकुम अस्पतालका प्रमुख तोक्ने कार्य

१८, विज्ञान तथा प्रविधि पर्वतीय विश्वविद्यालयको विधेयक प्रदेशसभामा टेवल,

१९, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल, चौरजहारी हस्पिटल, जिल्ला अस्पतालहरु, साझेदार निकायसँग माननीय मुख्यमन्त्री, पूर्व गृहमन्त्री जनार्दन शर्मा, जीवन शाहीको विशेष उपस्थितिमा सामाजिक मन्त्रालयको आयोजनामा कोभिडसम्बन्धी भर्चुअल बैठक गरी सुझाव लिने कार्य,

२० शुसासनसम्बन्धी प्रादेशिक भेलामा सहभागी र

२१, एम्बुलेन्स खरिद बजेट पठाउनेलगायतका कोभिडसम्बन्धी अन्य कार्यहरु ।

सम्बन्धित