ट्याक्टर दुर्घटना हुँदा जाजरकोटमा एकजनाको मृत्यु

सुर्खेत । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नलगाड नगरपालिका-५ कालीमाटीमा ट्याक्टर दुर्घटना हुंदा सोही ठाउँका २५ वर्षीय सोमराज वलीको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर चालक २५ वर्षीय गोविन्द ओलीलाई प्रहरी नियन्त्रणमा छन् ।

सम्बन्धित