नेपालगन्जका मेयर राणाले किन गरे चुनाव बहिष्कार ?

बाँके । नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिष्कार गरेका छन् । कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै उनले मतदानमा भाग नलिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निणर्य गरेको छुँ ।’

राणा राप्रपाबाट नेपालगन्जको मेयर चुनिएका हुन् । वागमती प्रदेशमा भएको उपनिर्वाचनमा राप्रपाले एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा (बादल) लाई समर्थन गरेको थियो । तर गृहमन्त्री थापा एमाले माधव नेपाल पक्षसमेत आबद्ध विपक्षी गठबन्धनका साझा उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका थिए । दलले ह्वीप नलगाउँदा पनि आफूले चुनावलाई महत्व नदिएको उनको भनाइ छ ।

सम्बन्धित