राष्ट्रियसभा सदस्यमा कांग्रेसका पाण्डेय विजयी

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनका उम्मेद्वार दृगनारायण पाण्डेय बिजयी भएका छन । उनले सत्तारुढ एमालेका चन्द्रबहादुर खडकालाइ पराजित गरेका हुन । पाण्डेयले १६० मत प्राप्त गरे । एमालेका खड्काले १३४ मत प्राप्त गरे । प्रदेशसभा सदस्यको एक र स्थानीय तहतर्फको २ मत बदर भएको थियो । कुल ३ सय मतदाता मध्ये २९७ मत खसेको थियो । प्रदेशसभाको ८३ मतमध्ये पाण्डेयले ४२ र खड्काले ४० मत पाए । स्थानीयतर्फ पाण्डेयले ११८ र खडकाले ९४ मत पाएका थिए ।
विजयी घोषणा हुन बाँकी छ । कांग्रेसका पाण्डेयलाई नेकपा मओवादी, जसपा उपेन्द्र–बाबुराम पक्ष,राष्ट्रिय जनमोर्चाको समर्थन थियो । खड्कालाइ एमाले र जसपाको ठाकुर पक्षको समर्थन थियो ।

सम्बन्धित