नीति तथा कार्यक्रममा प्रतिक्रिया

पूर्वमन्त्री रावल भन्छन्, ‘वायुमण्डलमा तैरिरहेको अनियन्त्रित वायुयान’

 

सुर्खेत । कर्णाली प्रदेशका पूर्व सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको नीति तथा कार्यक्रमलाई वायुमण्डलमा तैरिरहेको अनियन्त्रित वायुयानको संज्ञा दिएका छन् । उक्त नीति तथा कार्यक्रम प्रस्तुत भएपछि उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यस्तो संज्ञा दिएका हुन् ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम महामारी केन्द्रित छ भने अन्य पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् । कोभिड-१९ बाट प्रभावितलाई विशेष प्याकेजसमेत समावेश गरिएको छैन । प्रतिपक्षका कतिपयले यस कार्यक्रममा सरकारले सिर्जना नपुर्याएको प्रतिक्रिया दिन थालेका छन् ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तूत (पूर्णपाठसहित)

सम्बन्धित