नीति तथा कार्यक्रममा प्रतिक्रिया

कर्णालीको कार्यक्रम कुहिरोको काग र गन्तव्यहीन यात्रीः सांसद खत्री

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य कौशिला खत्रीले कर्णाली प्रदेश सरकारद्वारा ल्याइएको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘कर्णाली प्रदेश सरकारको २०७८ को नीति तथा कार्यक्रम कुहिरोको काग र गन्तव्यहीन यात्री जस्तो अनि भरणपोषणमा लिप्त ।’

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको नीति तथा कार्यक्रम शनिबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको थिए । उक्त नीति तथा कार्यक्रमप्रति प्रतिक्रियाहरु आउन थालेका छन् ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तूत (पूर्णपाठसहित)

पूर्वमन्त्री रावल भन्छन्, ‘वायुमण्डलमा तैरिरहेको अनियन्त्रित वायुयान’

सम्बन्धित