नुहाउँदै गर्दा जंगली भालुको आक्रमण

जुम्ला, साउन २८ । जुम्लास्थित चन्दननाथ नगरपालिका-५, कार्कीवाडास्थित धारामा नुहाउँदै गर्दा जंगली भालुले आक्रमण गर्दा दुईजना घाइते भएका छन् । दैलेख चामुण्डाबिन्दासैनी नगरपालिका-९, घर भइ हाल जुम्लास्थित चन्दननाथ नगरपालिकाको कार्कीवाडामा व्यापार गर्दै आएका २९ वर्षीय हिमबहादुर रोकाया र उनकी श्रीमती २६ वर्षीया निर्मला थापालाई भालुले आक्रमण गरेको हो ।

बिहीबार बिहान ५:१५ बजे जंगलीले भालुले उनीहरुलाई आक्रमण गरेको थियो । हिमबहादुरको टाउँको, घुडा र पुठ्ठामा चोट लागेको छ भने निर्मलाको गालामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवैजनाको स्वास्थ्य अवस्था मध्यम छ । घाइते उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिइएको छ । साथै उक्त भालुले बिहान ९:२० बजेको समयमा चन्दननाथ नगरपालिका-४, सिगाचौरका २५ वर्षीय आशिष सार्की पनि आक्रमण गरेको छ । प्रहरीले हिमबहादुर र निर्मलालाई आक्रमण गरेको भालुले आशिषलाई पनि आक्रमण गरेको जनाएको छ । आशिषको टाउँको, हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित