बुलबुले उद्यानमा जरायो मृत भेटियो

सुर्खेत, साउन २८ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको बुलबुले उद्यान परिसरमा एउटा जरायो मृत अवस्थामा भेटिएको छ । हाल काँक्रेविहार जङ्गलमा चोरी सिकारी बढ्दै गएको कारण यस्तो घटना घट्दै गएको काँक्रीविहार संरक्षण क्षेत्रले जनाएको छ ।

काँक्रीविहार संरक्षण क्षेत्रले सामाजिक सञ्जाल फेसबुकमा घटनाबारे उल्लेख गरेको छ । ‘जरायो मृत अवस्थामा भेटिएको सम्बन्धमा सम्बन्धित निकायलाई जानकारी गराइसकिएको छ,’ फेसबुकमा लेखिएको छ ।

तस्विरः मोगे ग्याङ नेपाल । (क्राँकीविहार संरक्षण क्षेत्रको फेसबुकबाट)

सम्बन्धित