स्याङ्जामा लागूऔषध कारोबारी पक्राउ

कास्की । स्याङ्जामा लागूऔषध कारोबारी समातिएका छन् । स्याङ्जाको वालिङ नगरपालिका-९, ठाडोलाईन बस्ने २१ वर्षीय जितन कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त कुँवरले आफ्नै मोटरसाइकल ग्यारेजमा बिग्रिएर राखेको ग४प ८१७९ नम्बरको मोटरसाइकलको सिटमुनि लागूऔषध लुकाइछिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिएर अभियुक्त जितन कुँवरलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले ११ एम्पुल फेनारेगन, नोफिम नौ एम्पुल, डाइजोपाम १० एम्पुल, सिरिन्ज तीन थान बरामद गरेको छ ।

सम्बन्धित