मुस्ताङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण

जोमसोम । मुस्ताङको जोमसोमस्थित कारागारका एक ६३ वर्षीय थुनुवा पुरुषलाई कोरोना पुष्टि भएको छ । कारागारमै कैद भुत्तानी गर्दै बसेका ती थुनुवा पुरुषमा कोरोनासम्बन्धी लक्षण देखिएपछि स्वाब संकलन गरी प्रयोगशाला पठाउँदा बुधबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले बताएको छ ।

स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीका अनुसार मुस्ताङमा तेस्रोपटक संक्रमितको क्लोज कन्ट्रयाक ट्रेसिङ तथा कोरोना लक्षण देखिएका आठजना व्यक्तिको नमूना स्वाब संकलन गरी पोखरास्थित क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पठाइएकोमा तीन व्यक्तिमा कोरोना पोजिटिभ देखिएको हो ।

सम्बन्धित