बैतडीमा बस दुर्घटनाः नौजनाको मृत्यु, २५ जना घाइते

बैतडीको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना५ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर दुर्घटना भएको हो ।

बैतडी । बैतडीको पाटन नगरपालिका-८, खोड्पेमा भएको बस दुर्घटनामा नौजनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । बैतडीको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना५ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर दुर्घटना भएको हो ।

आठजनाको घटनास्थलमै र एकजनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेमध्ये बैतडीको दोगडाकेदार-६, का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको नाम खुलेको छ । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका-८, की १५ वर्षीया कृतिका कार्कीको ज्यान गएको छ ।

अन्य घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।

सम्बन्धित