कोहलपुरका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

बाँके । कोहलपुर नगरपालिका-५, बाँकेका ५८ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । निमोनिया भएका उनलाई मंगलबार थप उपचारका लागि मंगलबार अपराह्न साढे ४ बजे भेरी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

सम्बन्धित