जनताको आवाज

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम

तिर्थ सुनार

असंवैधानिकरुपमा संसद् विघटन गरेर नेकपा फुटाउने केपी शर्मा ओलीको कदम हामी कार्यकर्ताका लागि सह्य छैन । नेपालीले जनताले नेकपालाई स्पष्ट मत दिए पनि केपी शर्मा ओलीको कदमले त्यसको अपमान गरेको मेरो ठहर छ । यतिबेला जनताले दिएको मतको कदर गरी देशलाई समृद्ध पार्ने दिशातिर जानुको सट्टा निरंकुश शैलीमा प्रस्तूत हुनु म जस्ता लाखौं कम्युनिस्ट कार्यकर्ता र मतदाताको अपमान भएको मैले महसुस गरेको छु ।

सम्पन्न चुनावमा नेकपाले देशभरिबाट ल्याएको परिणाम हेर्दा हामी कार्यकर्तामा कम्ता खुसी थिएन । अहिले प्रधानमन्त्रीसमेत रहेका ओलीको कदमले त्यो खुसीलाई निमिट्यान्न पारेको छ । म कार्यकर्तामा के अपिल गर्न चाहान्छु भने ओलीले असंवैधानिक कमद चाले पनि त्यसको विरुद्ध हामी जानुपर्छ । जसले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा ल्याउन मद्धत पुग्छ भन्ने मैले विश्वास लिएको छु । बाटो बिराएका ओलीलाई सही दिशामा ल्याउन कार्यकर्ता एकजुट हुनुनै पर्छ ।

सम्बन्धित