राष्ट्रसेवक रेग्मीको ‘मैले माया गर्दा’

सुर्खेत । ‘मैले माया गर्दा’ आधुनिक गीत बजारमा आएको छ । राष्ट्रसेवक कर्मचारीसमेत रहेका दैलख नारायण नगरपालिका–६, का कुमार रेग्मीले उक्त गीत बजारमा ल्याएका हुन् ।

मैले माया गर्दा शीर्षकमा रहेको उक्त कर्णप्रिय आधुनिक गीतका सर्जक तथा रचनाकार कुमार रेग्मी हुन भने कर्णप्रिय स्वर अहिलेका चर्चित गायक प्रमोद खरेलले दिएका छन् । पूर्ण संयोगले भर्नुभएको संगीतमा एउटा प्रेमिकाले प्रेमीलाई साँचो मायाभन्दा पनि धन पैसामा जोड दिएपछिको पीडाको अनुभूतिको मार्मिक ढंगले समेटिएको छ । पेसाले स्कुले जीवनदेखिनै कथा कविता गीत लेख्न र रेडियो नेपालमा पठाउने गरेको रेग्मीले बताए । ‘माया गर्दा बोलको गीत सबैको मन मुटुमा बस्न सफल हुनेछ भन्नेमा विश्वस्थ छु,’ उनले भने । उक्त गीतको म्युजिक भिडियो लोक गीत क्षेत्रमा चर्चित भिडियोका निर्देशक कपिल लामाले गरेका छन् । मोडेल स्वेता, देवेन्द्र, कमल कुमारको अभिनय रहेको उक्त म्युजिक भिडियोको छायांकन दुर्गा प्रधानले गरेका छन् । काठमाडौंका विभिन्न रमणीय स्थानमा सुटिङ भएको उक्त म्युजिक भिडियो कर्णाली प्रदेशमै अहिलेसम्मकै उत्कृष्ट रहेको निर्देशक लामाले बताए ।

सम्बन्धित