संसद् विघटनविरुद्धको आन्दोलनः चलायमान कांग्रेस

जिल्लास्तरीय विरोधसभा हुँदै कांग्रेसको सडक संघर्ष बिहीबार मात्रै वडातहमा पुगेर सकिएको छ । वडातहसम्म आन्दोलनमार्फत् पुगेको कांग्रेसमाथि आशंकाका प्रश्न भने कार्यकर्ता तहबाट उब्जिए ‘हाम्रो लाइन संसद् पुनस्र्थापना कि चुनाव ?’ नेतृत्वको आगामी ‘साझा निणर्य’ ले मात्रै कार्यकर्तातहबाट उब्जिएको यो प्रश्नको जवाफ दिन सक्ला ।

दाङ । प्रतिनिधिसभा विघटन भएपछि नेपाली कांग्रेसले यसको विरोधमा ‘सडक संघर्ष’ को रणनीति अवलम्बन गर्यो । भलै पार्टीका शीर्ष नेताहरु संसद् पुनस्र्थापना वा निर्वाचन ? भन्ने विषयमा बाँझिरहेकै थिए । सरकारले चालेको असंवैधानिक कदमको साक्षी बस्न नहुने भन्दै पार्टीभित्र उठेका ‘गहन बहस’ ले कांग्रेसलाई सडक संघर्षको मार्ग कोर्न बाध्य बनायो ।

फलतः जिल्लास्तरीय विरोधसभा हुँदै कांग्रेसको सडक संघर्ष बिहीबार मात्रै वडातहमा पुगेर सकिएको छ । वडातहसम्म आन्दोलनमार्फत् पुगेको कांग्रेसमाथि आशंकाका प्रश्न भने कार्यकर्ता तहबाट उब्जिए ‘हाम्रो लाइन संसद् पुनस्र्थापना कि चुनाव ?’ नेतृत्वको आगामी ‘साझा निणर्य’ ले मात्रै कार्यकर्तातहबाट उब्जिएको यो प्रश्नको जवाफ दिन सक्ला ।

तर, पार्टीको आधिकारीक ‘बटमलाइन’ को अनभिज्ञतामै आन्दोलनमार्फत् गाउँ छिरेको कांग्रेसका लागि संसद् विघटनको मुद्दा ‘चलायमान’ हुने यथ्येष्ट अवसर प्राप्त भयो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ब्यहोर्नु परेको हारले थलिएको कांग्रेसले कार्यकर्तासँगको दूरी नजिक्याउन सकिरहेको थिएन । तर संसद् विघटनको मुद्दाले कांग्रेसलाई गाउँ तहका कार्यकर्तासँग लामो समयपछि भेट गराइदिएको छ । ‘यो आन्दोलनले हामी र हाम्रो पार्टी कांग्रेसलाई चलायमान हुने ठूलो अवसर प्रदान गरिदियो,’ कांग्रेस दाङका निवर्तमान सचिव कमलकिशोर घिमिरेले भने, ‘लामो समयपछि हाम्रो भेट गाउँस्तरका कार्यकर्तासँग भएको छ ।’ आन्दोलनमार्फत् गाउँ पुगेको कांग्रेसले आफूलाई सशक्त बनाउने अवसर पाएको छ ।

उसले आफ्ना अजेण्डा पुनः कार्यकर्ता सामू पुर्‍याउन सकेको छ । ‘हामीले चुनाव हारेका थियौँ, तर हाम्रा अजेण्डा मरेका थिएनन्,’ घिमिरे भन्छन्, ‘पार्टीगत अजेण्डा फेरि कार्यकर्ता सामू पुर्‍याउन कांग्रेस सफल भएको छ ।’ संसद् विघटनप्रतिको ‘पब्लिक सेन्टिमेन्ट’ लाई ‘क्यास’ गरेको कांग्रेसले आफूलाई पराजित गरेको नेकपाको वर्तमान चरित्र उदांगो पार्ने सही अवसर पनि पायो । यसले कांग्रेसप्रतिको जनमत बढ्ने लख काटिएको छ । नेकपाका चुनावी अजेण्डा र कामको विश्लेषण गर्न आन्दोलन लिएर गाउँ पुगेको कांग्रेसले यही ठूलो दल नेकपाको संसद् विघटनको ‘कतुर्त’ लाई जनमानस माझ मज्जैले उदांगो पारिदिएको छ । यसले स्वभाविकै रुपमा कांग्रेसप्रतिको जनमत बढ्ने विश्वास घिमिरे गर्छन् ।

‘दुईतिहाइको बलमा बनेको सरकार, अनि यसले गरेका गलत निणर्य र कामको फेहरिस्त जनमानस समक्ष हामीले सुनाउन पायौँ,’ घिमिरे भन्छन्, ‘संसद् विघटन जस्तो गैरसंवैधानिक नेकपाको कदमले मुलुकमा उत्पन्न परिस्थतिको बारेमा पनि जनता जागरुक भइसकेका छन्, अतः कांग्रेसलाई सांगठनिकरुपमा पनि बलियो बनाउने काम यो आन्दोलनले गरेको छ ।’ तथापि कांग्रेसको आधिकारीक बटमलाइनका बारेमा भने कार्यकर्ता पंक्तिमा प्रश्न उठेका भने छन् । संसद् पुनस्र्थापना पार्टीको आधिकारीक लाइन हो वा निर्वाचन आधिकारीक लाइने हो ? भन्ने विषयमा कार्यकर्ता पंक्तिमा देखिएको अन्यौलताको समाधान पार्टी नेतृत्व पंक्तिले गर्नुपर्ने आवश्यक्ता देखिएको छ ।’ हाम्रो आधिकारीक लाइन के हो ?’ एक कार्यकर्ताले भने, ‘पार्टीभित्र एकमत नभएको भन्ने सुन्छौँ, एकमत नभए हाम्रो लाइन यो हो भनेर कसरी भन्ने ?’

कार्यकर्ता पंक्तिबाट उठेका यि प्रश्नको जवाफ पार्टी नेतृत्वले तत्कालै दिनु पर्ने घिमिरे सुझाउँछन् । ‘अहिले कार्यकर्ता तहमा देखिएको यो अन्यौलता हटाउने जिम्मेवारी नेतृत्व तहको हो,’ उनले भने, ‘यदि तत्कालै यो चासो मेटिएन वा आधिकारीक बटमलाई बाहिर आएन भने कार्यकर्तामा अन्यौलता पैदा हुँदै जान्छ, र यसले पार्टीलाई नै घाटा पुग्छ ।’ नागरिकबाट साभार ।

सम्बन्धित