रुपन्देहीमा ५५ वर्षीया महिलाको हत्या, तोरीबारीमा भेटियो शव

लुन्बिनी । रुपन्देहीमा ५५ वर्षीया एक महिलाको हत्या भएको छ । बुधबार साँझ घरबाट बाहिर निस्किएकी गैडहवा गाउँपालिका-२ की कलावती धोबीको हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार उनको शव ननउली गाउँको तोरीबारीमा बेलुका राति ८ बजे फेला परेको थियो । मृतक धोबीको टाउकोमा चोट देखिएको छ । प्रहरी निरीक्षक रवीन्द्र महतका अनुसार उनी साँझ ५ बजे घरबाट निस्केकी थिइन् । उनको हत्या कसले किन गर्‍यो भन्ने अनुसन्धान भइरहेको महतले बताए । उनी सामान्य परिवारकी हुन् । उनका श्रीमान् र चार छोरा छन् । घरबाट निस्किएको निकैबेर नफर्केपछि छोराहरू खोजीमा निस्केका थिए ।

‘तोरीबारीमा रक्ताम्य अवस्थामा शव भेटिएको भनी छोराहरूले खबर गरेपछि प्रहरी पुगेको थियो,’ महतले भने । ती महिलाको शव पोस्टमार्टमका लागि भीम अस्पतालमा लगिएको छ । महिलाको हत्या भएको अघिल्लो दिन पनि एक पुरुषलाई जलाएर हत्या गरिएको थियो । मायादेवी गाउँपालिका-७, गरकट्टीस्थित दानव नदी छेउको खेतमा जलाएको अवस्थामा एक युवाको शव फेला परेको थियो । सेतोपाटीबाट साभार ।

सम्बन्धित